मेलम्चीमा बाढीसँगै पानी पथान्तरण गर्न बन्द, काठमाडौंवासीलाई फेरि सास्ती

Advertisement

काठमाडौं , मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । पथान्तरण बन्द भएसँगै काठमाडौं उपत्यकावासीलाई पुनः सास्ती सुरु भएको थियो । 

मेलम्चीको पानी आउँदा पानी वितरण भएका स्थानका वासिन्दालाई केही राहत हुँदै आएको थियो । मनसुन सक्रिय भएसँगै अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । 

Advertisement

वर्षासँगै बाढीले पुर्याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरु समेत त्रसित बनेका छन् । 

गत आईतवार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरु बाढीको त्रासमा रात कटाइरहेका छन् । साथै आईतवार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । 

आईतवार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । 

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ । 

Advertisement

Advertisement