‘क्रान्ति गरेर आएको हुँ भन्ने र नयाँ हुँ भनेर ट्याग लगाएकाहरुले पनि पञ्चायकालिन शैली पछ्याए’

एमाले साँसदको प्रश्न– बजेट परिवर्तन नै हुँदैन भने अर्थहीन लामो छलफल हामी किन गर्दैर्छौं ?

Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले बजेटमा पञ्चायतकालीन विरासत तोड्न नसकिएको बताएका छन् ।

मंगलबार संसदमा उनले क्रान्ति गरेर आएको शक्ति र नयाँ भनिएको शक्तिले समेत पञ्चायतकालीन विरासत तोड्ने हिम्मत गर्न नसकेको भन्दै बजेट वितरणमा असमानतालाई निरन्तरता दिएको बताए । 

Advertisement

बजेटमाथि अर्थहीन लामो छलफल लामो हुने गरेको भन्दै आचार्यले भने, ‘हामी जेठ १५ गते बजेट आएपछि लगातार यसमा छलफल गरिरहेका छौं । तर, म कहिलेकाहिँ सोच्छु यसले हामीलाई पुर्याउँछ कहाँ ? यत्रो लामो छलफल बहस गरेपछि पुगिन्छ कहाँ ? हुन्छ के ?’ उनी भन्छन्, ‘बजेटमा परिवर्तन हुन्छ कि हुँदैन केही कुराहरु ? असन्तुलित बजेट काहीँ अबौं अर्बको बजेट काहीँ जिरो बजेटको अवस्थामा परिवर्तन आउछ कि आउँदैन ?’

नेता आचार्यले बजेटमा परिवर्तन नआउने हो भने छलफलको कुनै औचित्य नरहेको बताए । उनले पञ्चायत कालमा पनि यसरी नै छलफल हुने तर बजेटमा  परिवर्तन नआउने गरेको भन्दै थपे, ‘यदि बजेटमा आउँदैन भने हामी यो पञ्चायती कालदेखि यस्तै छलफल गर्ने र यस्तै निष्कर्ष निकाल्ने विरासत बोकेर हिडिँरहेका छौं ।’

क्रान्ति गरेर आएका ठूल–ठूला क्रान्तिकारीहरूदेखि नयाँ भनेर ट्याग लगाएर आएका पनि संसदमा रहेको भनेर व्यङ्ग्य गर्दै आचार्यले त्यही पञ्चायतकालको विरासत लिएर बजेटमा छलफल गर्ने, बहस गर्ने, तर्क गर्ने र उही अन्तमा जे आएका छ, काहीँ अर्बौं अर्ब र काहिँ जिरो बजेटलाई हुन्छ हुँदैन भनेर पारित गर्ने कुरामा परिवर्तन आवश्यक रहेको बताए । 

Advertisement