जीवन बीमा कम्पनीहरुले संकलन गरे १ खर्ब ३३ अर्ब बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले आज गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीले ११ महिनामा १ खर्ब ३३ अर्ब ६२ करोड र ३ वटा लघु जीवन बीमा कम्पनीले १३ करोड २७ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

Advertisement

कम्पनीहरुले प्रथम बीमा शुल्क २७ अर्ब ७० करोड र नबीकरण शुल्क १ खर्ब ६ अर्ब ५ करोड रुपियाँ संकलन गरेका छन् ।

प्राधिरकणका अुनसार जेठ महिनामा मात्रै कूल बीमा शुल्क १२ अर्ब २९ करोड संकलन भएको छ । त्यसमध्ये जीवन बीमा कम्पनीहरुले १२ अर्ब २६ करोड ६३ लाख र लघु जीवन बीमा कम्पनीहरुले ३ करोड ८ लाख कूल बीमा शुल्क संकलन गरेका छन् । 

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३६ अर्ब ५६ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

जेठ मसान्तसम्म कूल सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख ८९ हजार ६ सय २२ छ । जीवन बीमा कम्पनीहरुको कूल सक्रिय बीमालेख संख्या १ करोड ४० लाख १२ हजार ३ सय २ र लघु जीवन बीमाहरुको कूल सक्रिय बीमालेख संख्या ७७ हजार ३ सय २० छ । 

समीक्षा अवधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्क ३५ अर्ब ५६ करोड रुपियाँ संकलन गरेको छ भने दोस्रोमा नेशनल लाइफले १५ अर्ब ९८ करोड, तेस्रोमा एलआईसी नेपालले १५ अर्ब ८९ करोड, चौथोमा हिमालयन लाइफले १४ अर्ब ६४ करोड रुपियाँ र पाँचौमा सूर्यज्योति लाइफले ८ अर्ब रुपियाँ कूल बीमा शुल्क संकलन गरेको छ । 

कुन कम्पनीद्वारा कति बीमा शुल्क संकलन ?    

undefined
 

Advertisement

Advertisement