काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकपू्रद शेयर निष्काशन गर्ने भएको छ । जेठ ३१ गते सम्पन्न भएको कम्पनीको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम हकप्रद निष्काशन गर्ने प्रक्रिया शुरु गरेको हो ।
यसैक्रममा कम्पनीले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटलसँग आज सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भयो ।
उक्त सम्झौता पत्रमा यूनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।