अविरल वर्षाका कारण विराटनगर जलमग्न, हवाई सेवा पनि प्रभावित

Advertisement

काठमाडौं । अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् । 

अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार बिस्थापित हुने अवस्थामा छन् । हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । 

Advertisement

यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । त्यसपछि महानगरले बाढी रेस्पोन्स टिम गठन गरेर राहत, पुनःस्थापनाको काम शुरु गरेको थियो । 

अहिले पनि पुनः विराटनगरवासीले सोही नियति भोग्नुपरेको हो । पानीको निकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन नसक्दा हरेक वर्ष वर्षा शुरु भएपछि खोला आसपास बस्ने सुकुम्वासीहरु प्रभावित हुने गरेका छन् । 

त्यस्तै, विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढीको पानी पसेसँगै सो विमानस्थलबाट हुने उडानहरु प्रभावित भएको छ । पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि सो विमानस्थलको उडान र अवतरण रोक्किएको हो ।

Advertisement

Advertisement