पहिरामा परी लमजुङमा चारजनाको मृत्यु

Advertisement

लमजुङ ।  जिल्लाको क्व्होलासोथार गाउँपालिका-३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । 

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए ।  

Advertisement

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् । 

Advertisement

Advertisement