जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
File Photo

Advertisement

काठमाडौं । चितवनको जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउसो करिव साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

Advertisement

पहिलोले गर्दा दुवै तर्फका सवारीसाधनहरू रोक्किएका छन् । अहिले पहिरो हटाउन घटनास्थलमा जोडेर आए पनि सडक खुल्न कति समय लाग्छ ? टुंगो नभएको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement