‘गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुन्छ’

लागुऔषधको समस्या विकराल बनेको गृहमन्त्री भएपछि महशुल गरेंः गृहमन्त्री लामिछाने

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् । बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमा उनले लागुऔषधको समस्या विकराल भएकोकुरा गृहमन्त्री भएपछि झनै बढी महशुस गरेको बताए । 

लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिइसकेपछि त्यो देशको दुर्गती शुरु हुने भन्दै लामिछानेले सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरु लागुऔषधको दुव्र्यसनीमा फसेको बताए । 

Advertisement

लामिछानेले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरुमा पनि कतिपयले इमान्दारितापूर्वक काम नगरेको बताए । गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने उनको तर्क छः लागुऔषध बेचबिखन गर्नेहरुलाई सरकारले कुनैपनि हालतमा नछोड्ने लामिछानेले बताए । 

उनले सिनेममा देखाए झैँ लागुऔषधको प्रयोग नगर्न आग्रह गर्दै जीवन तीन घण्टाको सिनेमा नभएको बताए । आफ्ना अभिभावको दुःखलाई हेरेर आफ्ना व्यवहार अघि बढाउन उनले आग्रह गरे । 

लामिछानेले भने, ‘लागुऔषधको समस्या विकराल भएको कुरा मैले पदभार ग्रहण गरेपछि अझ बढी महशुस गरेँ । लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुन्छ । युवाहरु देशमा रोजगारी नपाएर विदेश गएका छन्, कयौँ, लागुऔषधको दुव्र्यसनीमा फसेका छन् । यसका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि चलेका छन् । प्रहरीले पक्राउ गर्ने, रिहाव सेन्टरमा लिने, बिक्री वितरण गर्नेहरुलाई पक्राउ गर्ने कुरा निरन्तर चलिरहेको नै छ । तर यो निरन्तर चलिरहँदा दुव्र्यसनीको संख्या पनि निरन्तर बढी नै रहेको छ ।’ 

मन्त्री लामिछानेले मधेसमा मात्र नभइ पहाडी जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी फैलिएको बताए । उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए । 

Advertisement

Advertisement