युवा उद्यमी मञ्च काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

Advertisement

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ । 

मंगलबार एक कार्यक्रम गर्दै मञ्चको काठमाडौं च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना विद्यार्थी उद्यमीलाई सम्मान गरेको हो । 

Advertisement

पूर्वबैंकर अनिल केशरी शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथि वक्ताको रूपमा उद्यमी आभुषण ज्योती कंसाकार र युवा उद्यमी मञ्चका अध्यक्ष साहार जोशीको उपस्थिति रहेको थियो ।

शिक्षा क्षेत्रबाट मेरो शिक्षाका तिलक ढकाल, सामाजिक प्रभाव क्षेत्रबाट जोड इनिसियटका सौरभ तिवारी, ईकमर्सबाट महारानीकी दिप्सा खड्का, सूचना प्रविधिबाट डार्क म्याटरका हिमाल तिमिल्सिना, दिगो वातावरण र कृषि क्षेत्रबाट दिगो नेपालकी अञ्जना मल्ल सम्मानित भएका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सम्वृद्ध नेपाल निर्माणका लागि देशमै रोजगारी सिर्जना गर्न युवाहरू लाग्नुपर्ने बताए । 

‘देश विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस्ता कार्यक्रमले युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न हौसला प्रदान गर्छ,’ उनले भने, ‘सम्मानित भएका युवालाई आफ्नो प्रयास जारी राख्न र अरूलाई प्रेरित गर्न अनुरोध गर्दछु ।’

यस्तै कार्यक्रम बोल्दै उद्यमी आभुषण ज्योती कंसाकारले स्टार्टअप कल्चर बारे जानकारी दिदै स्टार्टअप र इन्नोभेसनमा युवाहरूलाई प्रेरित गर्नुपर्ने बताए ।

यस्तै नेपाल युवा उद्यमी मञ्चकी अध्यक्ष साहार जोशीले युवा उद्यमीको सफलतामा हौसला थप्दै भावी उद्यमशील  पुस्ता तयार गर्न एनवाईईएफ प्रतिबद्ध रहेको जानकारी दिइन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थाना शाखले आफ्नो उद्यमशीलताको यात्रा पनि विद्यार्थी जीवनबाट सुरू भएको बताउँदै विद्यार्थी उद्यमीलाई प्रोत्साहन गर्न र एउटा प्लेटफर्म प्रदान गर्न इमर्जिङ लिडर आयोजना गरिएको बताइन् । 

इमर्जिङ लिडरका लागि देशभरबाट ५० बढी विद्यार्थी उद्यमीको आवेदन प्राप्त भएको थियो । नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले नेपालमा स्टार्टअप इकोसिस्टम विकास गर्न विविध कामहरू गर्दै आएको छ । 

Advertisement

Advertisement