प्रभु बैँकका ग्राहकले मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टमा छुट पाउने

Advertisement

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा  विभिन्न ११ होटेलका संचालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख–शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रमुखहरुद्घारा हस्ताक्षर गरियो । 

Advertisement

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

बैंकले नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।  

Advertisement

Advertisement