एसइईको नतिजा सार्वजनिक: ५२ प्रतिशत अनुतीर्ण, यसरी हेर्न सकिन्छ नतिजा

Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 

आज बिहान सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल भएका छन् । नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन् । अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ।

Advertisement

उनका अनुसार केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने छन् । गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

undefined

Advertisement

Advertisement