आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Advertisement

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

Advertisement

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन विधेयक, २०७९) छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

यसैगरी आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्दैछ । बैठकमा समितिको आन्तरिक समीक्षा हुनेछ ।

Advertisement

Advertisement