एलआईसी नेपालको २२औँ साधारणसभा सम्पन्न

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन  (नेपाल)–एलआईसी नेपालको २२औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । 

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । 

Advertisement

उक्त सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ । 

साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement