बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छः ओली

Advertisement

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् । 

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमाम उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज (जनताको बहुदलीय जनवाद) कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए । 

Advertisement

एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले कमयुनिष्ट भए पनि राजासहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई अंगिकार गरेर अघि बढ्ने क्रममा जबजको सिद्धान्त अघि सारेका थिए । 

ओलीले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताए । उनले जबज मौकाप्रस्थको माध्यम नभएको बताउँदै जबजले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए । 

जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताउँदै उनले भने, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जबजप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन । अझै राम्रो मौका मिल्ने हो भने मार्गदर्शक सिद्धान्तै हो ल जा । स्वार्थ पूरा नगर्ने भए केही पनि होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन ।’

फरक प्रसंगमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिव ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताए । 

Advertisement