हाम्रो मनसुन केन्द्रीत ‘र्यापिड रेस्पोन्स टिम’हरुले थाल्यो कामः एनसेल

Advertisement

काठमाडौं ।  विपद् पूर्वतयारी र प्रतिकार्यको लागि आफूले गठन गरेका ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी)हरुले काम थालेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जनाएको छ । 

यसले हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको कम्पनीको भनाई छ ।

Advertisement

मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुनेसक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई सधैं ‘अन’ राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धताबमोजिम प्रत्येक जिल्लामा आरआरटी गठन गरेको कम्पनीले जानकारी दिएको छ । 

यी टोलीहरुले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत असार १२ गते बुधबार १५ भन्दा बढि जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः संचालनमा ल्याइएको एनसेलको भनाई छ ।  

हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा डलेर विद्युत आपूर्तिमा असर परेको थियो । 

आरआरटीहरुलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको जनाउँदै कम्पनीले वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुनसक्ने सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्य अनुरुप यी टीम गठन गरिएको  बताएको छ । 

उनसेलले भनेको छ, ‘अहिलेको अवस्थामा विशेष गरि भारी वर्षाका कारण सेवा संचालनमा असर पर्न गई केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरि अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पूनः संचालनमा ल्याउन ¥यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ ।’ 

यसैगरी, एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको जनाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न आफूहरु प्रतिबद्ध उसले जनाएको छ । 

विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्येनजर गरेर आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको भन्दै एनसेलले विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्ने बताएको छ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको जानकारी दिएको छ । त्यसैगरी, धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्नसक्ने ठाउँहरुलाई लक्षित गरि आवश्यक तयारीहरु गरेको बताउँदै उसले विपद्को बेलामा विद्युत आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा संचालन गरि आम जनमानसलाई सम्पर्कमा राख्नका लागि यी स्रोतहरुले धेरै ठूलो महत्व राख्ने औंल्याएको छ ।    


जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मावन जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पु¥याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।

Advertisement

Advertisement