आईएमएफद्वारा युक्रेनलाई दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत

Advertisement

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनका लागि १५ अर्ब छ करोड अमेरिकी डलरको ऋण कार्यक्रमको चौथो समीक्षा पूरा गरेपछि युक्रेनलाई सहयोग गर्न दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

आईएमएफले विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको कार्यसम्पादन प्रतिकूल परिस्थितिको बावजुद बलियो रहेको र मात्रात्मक लक्ष्यहरू प्राप्त भएका र संरचनात्मक महत्त्वका क्षेत्रमा समयमै वा छोटो समयमा नै लागू गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

Advertisement

आईएमएफले गत अप्रिलमा जारी गरेको आर्थिक विवरणमा अघिल्लो तीन दशमलव दुई प्रतिशतको पूर्वानुमानको तुलनामा सन् २०२४ मा युक्रेनको जीडीपी वृद्धिको लागि दुई दशमलव पाँच र तीन दशमलव पाँच प्रतिशतको दायरामा आफ्नो पूर्वानुमान परिमार्जन गरेको छ ।
 
आईएमएफले युक्रेनमा रूसी सैन्य कारबाहीमा हालैका घटनाक्रमका कारण त्यहाँको पूर्वाधारमा क्षति पु¥याएको रूसी आक्रमणको वृद्धिका कारण उपभोक्ताको भावना र व्यवसायिक विश्वासमा आएको गिरावटलाई औंल्याएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो जुनको सुरूमा किएभलाई समर्थन गर्न हाल उपलब्ध रहेको सहायता कार्यक्रमको चौथो समीक्षाको बारेमा युक्रेनी सरकारसँग सम्झौतामा पुगेको घोषणा गरेको छ । यसले दुई अर्ब २० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने ढोका खोल्छ । रासस–क्यूएनए 

Advertisement

Advertisement