देश बनाउनु जस्तो ठूलो पुण्य कार्य अरु हुन सक्दैनः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दि गर्न नहुने बताए । 

अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता भएको उल्लेख गर्दै ओलीले उद्यमशीलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए । उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभइ आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने बताए । 

Advertisement

अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताए । उनले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई खान लगाउन पाउने अवस्थामा पुर्याउनु चुनौति रहेको बताए । 

ओलीले गरिबीसँगै बेरोजगारी बढ्दै जाने बताए । उनले देश बनाउनु जस्तो ठूलो पुण्य कार्य अरु हुन नसक्ने बताए । उनले भने, ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दि गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो । उद्यमशीलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्दछ । कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन् । कृषि आधारित ससाना उद्योगहरु र त्यो बिस्तारै गएर ठूला उद्योगहरुमा परिणत हुनसक्छ । कृषि आधारित उद्योगहरुले निर्यातमुलक उद्योगहरुको रुप लिनसक्छ । हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्यो, मसिनो खाने बानी परेकालाई खान दिउँ । तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ । गरिबीबाट माथि उठ्न परेको छ । मसिनो चामल मोटो चामल जति फल्दैन । त्यसलाई त्यत्तिकै फल्नेमा पुर्याउनु पर्छ । हामीले यसलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ । टेक्नोलोजीको प्रयोगतर्फ लैजानुपर्छ भनिरहेका छौँ । तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन । ठोस नीति निर्माण हुनुप¥यो नि । ठोस नीति आउनुपर्छ, के गर्ने ?’

ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरुमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए । 

Advertisement

Advertisement