एकीकृत समाजवादी महाधिवेशनः बन्दसत्र सुरु, एक हजार ८४९ प्रतिनिधि सहभागी
फाइल तस्बिर

Advertisement

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । 

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा  राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ । 

Advertisement

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्  ।  

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ ।  नयाँ नेतृत्वका लागि इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने भएको छ ।

Advertisement

Advertisement