बालकोट बैठकपछि राजनीतिले कोल्टे फेर्ने संकेत, आज पनि बालुवाटारमा तीन घण्टादेखि बैठक

Advertisement

काठमाडौं । शनिबार बेलुकी केपी ओली निवास बालकोटमा शेरबहादुर देउवा दम्पत्ति गएर तीन घण्टा लामो कुराकानी गरेसँगै नयाँ सरकार गठनको संकेत देखिएको छ । 

प्रमुख दलहरु नेकपा एमाले र नेपाली कांग्रेस सरकार परिवर्तनको कसरतमा जुटेका छन् । राजा ज्ञानेन्द्रको पछिल्लो नयाँ दिल्लीलगायतका ठाउँहरुको भ्रमणपछि राजनीतिले ‘कोर्ष करेक्सन’ गर्ने संभावना बढेको हो । 

Advertisement

देउवा र अ‍ोलीबीच बालकोटमा भएको भेटवार्तापछि झस्किएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग ओली आज (सोमबार) बिहीनदेखि बालुवाटारमा छलफल गरिरहेका छन् । तीन घण्टादेखिको उनीहरुको वार्ता अझै टुंगिएको छैन् । 

दाहाल नेतृत्वको वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको कारण देखाउँदै सरकारको परिवर्तनको संकेत गरे पनि भूराजनीतिक कारण मुख्यरुपमा देखिन्छ । अहिलेको राजनीतिक व्यवस्थाबाट देश विकास हुनेभन्दा पनि अस्थिरतातर्फ धकेलिने र नेपालको राजनीतिमा लामो समयदेखि पकड जमाउँदै गएका कांग्रेस र एमालेको भविश्य नै अन्योलमा पर्ने देखिएपछि ती दलका नेता अहिलेको राजनीतिक ‘कोर्ष करेक्सन’मा लचक बन्दै गएका छन् । 

प्रदेश संरचना जनताको लागि आर्थिक बोझ र राजनीतिक विकृतिको अखडा भएका छन् । जनतामा अहिलको राजनीतिक प्रणाली र बेथितिप्रति आक्रोस र असन्तुष्टि बढ्दै गएपछि संविधान संशोधन नै गरेर भए पनि देशलाई स्थिरताको बाटोमा लानुपर्ने दबाबमा नेताहरु छन् । 

त्यस्तै, कोर्ष करेक्सनका क्रममा बहुसंख्यक हिन्दूहरुको भावनाअनुसार हिन्दू राष्ट्र कायम गर्ने र राजसंस्थालाई पनि ठाउँ दिन दलहरु लचक हुनसक्ने देखिन्छ । छिमेकी भारतमा हालको चुनावपछि पुनः भारतीय जनता पार्टीका हिन्दूवादी नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएसँगै नेपालमा पनि त्यसको असर देखिने आंकलन हुँदै आएको थियो ।  

संवादबाट टाढा रहेको कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजुसहित बालकोटमा गएर लामो वार्ता गरेपछि राजनीतिले कोल्टे फेर्ने संभावना बढेको हो । यो वार्ता  आइतबार पनि भएको थियो । उनीहरुबीच सैद्धान्तिक रुपमा सहमति भइसकेको अनुमान गरिएको छ । 

हालको परिदृश्य हेर्दा दुई–चार दिनभित्रै राजनीतिक फेरबदल हुने संभावना देखिन्छ । उच्चस्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफलमा केपी ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्न देउवा तयार भएका छन् । चुनावी सरकारको नेतृत्व भने देउवाले गर्नेछन् । 

Advertisement

Advertisement