ट्राभल एजेन्सीहरूसँग सोधपुछ, छानबिनपछिमात्रै  कानूनी प्रक्रिया अघि बढाइने

Advertisement

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डोलप्रसाद अर्यालले ट्राभल एजेन्सीहरूसँग सोधपुछ, छानबिन तथा अध्ययन गरेरमात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताएका छन् ।  

आज मन्त्रालयमा भएको छलफलमा ना‌ट्टाले श्रम मन्त्री अर्याललाई वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेता ट्राभल एजेन्सीहरू माथि गरिएको कानूनी धरपक्कडका विषयमा ध्यानाकर्षण गराएको हो । 

Advertisement

उक्त छलफलमा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेताहरु माथि टिकट बिक्री गरेकै भरमा बिना कुनै छानवीन, जानकारी बेगर, स्पष्ट अध्ययन नै नगरी कसैले भनेको भरमा आतंकित पार्ने हिसावले पक्राउ पुर्जी जारी गर्ने तथा व्यवसायीक वातावरण खलबलाउने क्रियाकलापबारे जानकारी गराए । 

मन्त्री अर्यालले यस्ता घटनाहरु निराकरणका लागि प्रतिवद्धता जाहेर गर्दै तत्काल वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयहरूमा आजकै मितिमा परिपत्र जारी गरी यस्ता प्रकृतिका विषयहरुमा सम्बन्धित व्यवसायी ट्राभल एजेन्सीहरूसँग सोधपुछ, छानबिन तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताएका हुन् । 

उक्त भेटमा ना‌ट्टा अध्यक्षसहितको कार्यसमितिको टोलीले पर्यटन सम्बद्ध ७ बुँदे सुझाव पनि पेश गरेको थियो । 

Advertisement

Advertisement