भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । 

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औ स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले भिजिट भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

Advertisement

मन्त्री अर्यालले यस्तो कार्यमा म्यानपावर व्यवसायीको नै संलग्नता भएको बिषयमा मन्त्रालय जानकारी रहेको बताए । ‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन् । त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम गर्न नपरोस,’ उनले भने । 

भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्धारा नै नेपाली ठगिएको मन्त्री अर्यालले बताए । ‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली । तपाईहरु आफनै छातिमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानुनले नै कारवाही गर्छ । म कसैको ढोका ढकढकाउनु जानु पर्देन,’ उनले भने । त्यसैले समयमा नै जिम्मेवार भएर वैदेशिक रोजगारी क्षेत्रमा मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनु सहयोग गर्नुहोस् । 

त्यस्तै, मन्त्री अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा बार्षिक दुई खर्ब एक अर्ब ६० करोड रुपियाँ गैरबैकिङ च्यानलबाट संकलन भै रहेको तथ्यांक प्राप्त भएको बताए । यसलाई औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरी रहेको उनले बताए । 

कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैज्ञानिक रुपमा वैदेशिक रोजगारी शुल्क तोकिनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पनि पुनरावलोकन गर्नुपर्ने लगायतका माग राखेको थिए ।

Advertisement

Advertisement