अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीहरुलाई सदैव सहयोग गर्छौंः राजदूत थम्पसन

Advertisement

काठमाडौँ । अमेरिकी राजदूत डिन आर थम्पसनले अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीहरुलाई आफूहरुको सदैव साथ र सहयोग रहने उल्लेख गरेका छन् । 

‘तपाईंहरुले नेपालमा राम्रो काम गरिरहनुभएको छ । एमच्याम जस्तो संस्थाले नेपालमा कर्पोरेट संस्कृति स्थापनामा भूमिका निर्वाह गरेकोमा मलाई खुसी लागेको छ”, राजदूत थम्पसनले भने । 

Advertisement

अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) ले आफ्नो सदस्य संस्था होटल अलफ्टमा आयोजना गरेको मेम्बर लर्निङ सिरिजमा राजदूत थम्पसनले उक्त कुरा बताएका हुन् ।  

सो अवसरमा अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)का महाप्रबन्धक अमीरराज थापाले यस मेम्बर लर्निङ कार्यक्रमले सदस्यहरूका बीचमा अमेरिकी कार्य संस्कृतिको ‘क्रस पोलिनेसन’ गर्ने बताए । 

‘एमच्यामको यसप्रकारको कार्यक्रमले हाम्रा सदस्य कम्पनीमार्फत नेपालमा अमेरिकी कार्य संस्कृति कस्तो छ भन्ने उदाहरण पेस गर्नेमा हाम्रो विश्वास छ’, उनले भने । 
 

Advertisement

Advertisement