ओलीले आफ्नो पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए, चाँडै नै सत्ता फेरबदल हुने संकेत

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई आफ्नो निवास बालकोट बोलाएका छन् ।

सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला ओलीले आफ्नो पार्टीका मन्त्रीहरुलाई साँझ ६ बजे बोलाएका हुन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सकेर उनीहरु बालकोट जाने जनाइएको छ । 

Advertisement

शनिबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमतीलाई लिएर ओलीसँग लामो भेटवार्ता गरेपछि राजनीतिक परिदृश्य फेरिएको हो । 

Advertisement

Advertisement