सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयोः सञ्चारमन्त्री

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् । 

सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा उनले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको दावी गरिन् । नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको शर्माको जिकिर छ । 

Advertisement

उनले वर्तमान गठबन्धन लामो समय चल्ने दावी गर्दै सञ्चारमाध्यममा मिडिया ट्रायलका रुपमा वर्तमान सरकार ढल्यो भन्ने हल्ला फिँजाइएको बताइन् । 

शर्माले भनिन, ‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । सकारात्मक छ छलफल । यो गठबन्धन लामै समय जाने भनेर प्रधानमन्त्रीज्युले भन्नुभएको छ । हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्नेकुरा ब्रिफिङ गर्नुभयो । यो गठबन्धन र सरकार यसरी नजाओस् भन्नेकुरा पनि कसैले सोचेको होला । यसलाई मिडिया ट्रायलका रुपमा ल्याइएको हो । कमरेड केपी ओलीले सबै आफ्ना मन्त्रीलाई ६ बजे बोलाएको भन्ने मिडियामा छ, मन्त्रीहरुलाई थाहा छैन । आएका सबै समाचारहरु सत्य हुँदा रहेनछन् भन्ने यो उदाहरण हो ।’

Advertisement

Advertisement