आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना

Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । 

कोशी, मधेश र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement

विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । देशैभर चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

त्यसैगरी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति भने देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

साथै सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । 

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । 

Advertisement

Advertisement