कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमति, ओली चौथोपटक प्रधानमन्त्री बन्दै

Advertisement

काठमाडौं । नयाँ सरकार गठन गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

Advertisement

सहमतिअनुसार पहिलो चरणमा नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन हुनेछ । नयाँ सरकारको नेतृत्वसँगै ओली चौथोपटक प्रधानमन्त्री बन्नेछन् ।

त्यस्तै, दोस्रो कार्यकालको नेतृत्व शेरबहादुर देउवाले गर्नेछन् । 

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने भएको छ ।

त्यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 

मधेश प्रदेश सरकारको नेतृत्व मधेशवादी दललाई नै दिइने भएको छ ।

Advertisement