धितोपत्र बोर्ड अध्यक्ष सिफारिस गर्न पुराना सदस्य सम्मिलित नयाँ समिति गठन, पुनः प्रक्रिया दोहोर्‍याउने

Advertisement

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको पुरानो प्रक्रिया रद्द भएसँगै सरकारले पुनः नयाँ समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको हो । 

Advertisement

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य र अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला पुनः नियुक्त भएका छन् ।

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले बोलाएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा दुईजना उम्मेदवार मात्रै उपस्थित भएपछि यसअघिको सिफारिस समितिले त्यसको प्रक्रिया नै पूरै रद्द गरेको थियो ।

अब नयाँ सिफारिस समितिले सुरुदेखि पुनः प्रक्रिया दोहोर्‍याउने छ ।

२० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ ।

Advertisement

Advertisement