काठमाडौं महानगरद्वारा ५० जना करदाता सम्मानित

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं ३० ले ५० जना करदातालाई सम्मान गरेको छ । महानगरपालिका सञ्चालन गर्न, स्थानीय विकास र व्यवस्थापनका लागि करदाताको योगदानको कदर गर्दै करदातालाई सम्मानित गरिएको हो । 

सम्मान कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भनिन्,  ‘करदाताबाट प्राप्त रकमबाट विकास निर्माण, सेवा प्रवाह र सुविधा वितरण भएको हो । करदाताको आय भयो भने कर रकम तिर्न सहज हुन्छ । महानगरपालिकाले यस कुरालाई ध्यानमा राखेर व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न सहजीकरण गर्नेछ ।’ 

Advertisement

‘महानगरपालिकाले स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाका लागि काम गरिरहेको छ । यसका लागि करदाताले तिर्नुभएको कर रकम खर्च भएको छ । यसकारण जसको रकमबाट काम भएको छ । उहाँप्रति जिम्मेवार भएर काम गर्नेछौँ । यहाँहरुको सहजताका लागि काम गर्नेछौँ ।’ उनको भनाइ थियो । 

‘नागरिक अपेक्षालाई योजनाको केन्द्रमा राखेर काम गरिरहेका छौँ । करदातालाई सहज दरमा कर लिएर अधिक सेवा दिने ध्येयले काम भएको छ ।’ कार्यक्रममा वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘सबै करदाताको पहुँचमा पुगेर दायरा बढाउन खोजिएको छ ।’

वडा सचिव देवराज जोशीकाअनुसार गएको ३ बर्षदेखि नियमित कर तिर्ने करदातालाई सम्मान गर्ने सूचकका आधारमा सम्मानित हुने करदाता छनोट गरिएको हो । 

वडाले सम्पदाहरुको पहिचान र जानकारीका लागि क्युआर कोड राखेको छ । कार्यक्रममा उपप्रमुख डंगोलले, मैतीदेवी मन्दिरको क्युआर स्क्यान गरेर सम्पदाको जानकारीका लागि प्रविधिको प्रयोग कार्यक्रमको शुभारम्भ गरेका थिए ।    

Advertisement

Advertisement