सुनको मूल्य प्रतितोला १६ सय बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १६ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement