एमाले सरकारबाट बाहिरिएपछि सरकारद्वारा एमालेनिकट सहकारीका नेता उप्रेती पक्राउ

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी  बैंकका अध्यक्षसमेत रहेका सहकारी अभियन्ता एवं नेकपा एमालेका नेता केबी उप्रेती पक्राउ परेका छन् । 

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन उप्रेतीलाई काठमाडौंको बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

Advertisement

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा उप्रेतीलाई यसअघि नै पक्राउ गर्ने प्रयास भए पनि सरकारमा एमाले समेत रहेकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन् । यसअघि कांग्रेसािनकटहरुले चलाएका सहकारीहरुलाई समस्याग्रस्त घोषणा गर्दै सरकारले तिनका सञ्चालकलाई पक्राउ गरेको थियो । 

उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो । समस्याग्रस्त घोषणपछि उप्रेती फरार भएका थिए । उनको सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त घोषणा गरिएको हो । उप्रेती एमालेको केन्द्रीय सहकारी विभाग सचिव समेत थिए । 

Advertisement

Advertisement