प्रधानमन्त्रीले राजीनामा दिन अस्वीकार गरेसँगै राजनीति संकट, शितलनिवासमा वार्ता हुँदै

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन अस्वीकार गरेसँगै राजनीतिक संकट गहिरिने संकेत देखिएको छ । उनले संसदको सामना गर्ने बताएका छन् । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे मंगलबार बसेको उनको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको हो । 

Advertisement

माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ । पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’

प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउने सहमति भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको हो । दुई पार्टी मिलेर सरकार चलाउने कुरा आएपछि दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनिए पनि उनले अस्वीकार गर्दै संसदको सामना गर्ने बताएका हुन् । 

पार्टीको बैठकपछि दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् । अहिले शितल निवासमा वार्ता भइरहेको जनाइएको छ । 

Advertisement

Advertisement