देव विकास बैंकका तत्कालीन प्रबन्धक बुढाथोकीबिरुद्ध करीब १८ करोड हिनामिनाको मुद्दा दर्ता

Advertisement

काठमाडौं । तत्कालीन देव विकास बैंकमा शाखा प्रबन्धकका रुपमा कार्यरत समीर बुढाथोकी बिरुद्ध १७ करोड ९९ लाख ९० हजार रकम हिनामिना गरेको अनुसन्धानबाट खुले पछि उच्च अदालत तुलसीपुर दाङमा मुद्दा दर्ता गरिएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरकाले बुढाथोकी बिरुद्ध कूल बिगो रु. १८ करोड ३ लाख ७२ हजार ८ सय १८.५३ दाबीसहित मुद्दा दर्ता गरेको जनाएको छ । 

Advertisement

साबिक वेष्टर्न डेभलपमेन्ट बैंको कोषमा रहेको रकम अपचलन गर्ने मनसायले सो बैंकका अन्य कर्मचारीको युजर आईडी समेत प्रयोग गरी रकम अपचलन गरेको हुँदा बैंकिङ कसुर मुद्दामा उनलाई ७ वर्ष कैद समेत समेतको सजाय हुने ठहर गरी फैसला भएको थियो । 

बुढाथोकीले सो रकम व्यवस्थापनका लागि ३६ वटा कृत्रिम कर्जा खाता खोली कर्जा खाताहरुकाबाट आफैंले सम्पूर्ण कर्जा रकम रकमान्तर गर्ने कार्य गरेको देखिन आएको विभागले उल्लेख गरेको छ । 

उनको विभिन्न ४ वटा बैंक खातामा रहेको मौज्दात रकम रु ३५ हजार ९ सय ८४.४५ जफतको दाबीसहित आज मुद्दा गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । 

undefined
 

Advertisement

Advertisement