आजको मौसम : देशैभर ठूलो पानी पर्ने, बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी

Advertisement

काठमाडौं । अहिले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।​ सोही कारण दिउँसो देशैभर साधारणदेखि पूर्णतया बदली रहनेछ भने अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

Advertisement

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षासमेत हुनेछ । 

त्यसैगरी राति साधारणदेखि पूर्णतया बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । 

Advertisement

Advertisement