बर्षासँगै नयाँ बजारको सडकमा परेको ११ फिटको खाल्डोमा मोटरसाइकल खस्यो

Advertisement

काठमाडौं । राजधानीको सोह्रखुट्टे–बालाजु सडकमा ठूलो खाल्डो पर्दा यातायात प्रभावित भएको छ । ढल फुटेर सडक खस्दा ठूलो खाल्डो परेको हो । 

ट्राफिक प्रहरीले अहिले खाल्डोलाई घेरेर सवारीसाधनलाई एकतर्फी सञ्चालन गरेको छ । खाल्डो परेको उक्त ठाउँमा बिहान एक मोटरसाइकल पनि दुर्घटना भएको थियो । बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेर पानीमा डुबे पनि चालक विकास शाक्य भने सकुशल बाहिर निस्किन सफल भएका थिए । 

Advertisement

सो स्थानमा महानगरपालिकाका कर्मचारी, नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरीको टोली खटिर खाल्डो व्यवस्थापन गर्ने काम भएको छ । 

Advertisement

Advertisement