शेयर बजारमा झिनो सुधारः बैंकिङ, वित्त, लगानी र ट्रेडिङ समूहमा लगानीकर्ता आकर्षित

Advertisement

काठमाडौं । उतारचढावका बीच आज पनि बजार झिनो अंकले बढेर रोकिएको छ । नेप्से थोरै उचालिए पनि कारोबार रकम भने ५ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.७९ अंकले बढेको छ । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से २१०४.२२ अंकमा पुगेको छ । 

Advertisement

बजार झिनो अंकले बढ्दा बैंकिङ, विकास बैंक, वित्त, लगानी र ट्रेडिङ समूह बढ्दा बाँकी राताम्मे भएएका छन् । ट्रेडिङ समूह सबैभन्दा बढी ६.१२ प्रतिशतले बढ्दा उत्पादनमूलक समूह सबैभन्दा बढी १.०७ प्रतिशतले घटेको छ । 

undefined

आज ३१४ कम्पनी १ करोड ७१ लख ३४ हजनार ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५.१७ रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिन्न ४ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत नाफा कमाएका छन् । सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स, गुहेश्वरी मर्चेन्ट र मञ्जुश्री फाइनान्सका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९८ र ९.८६ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.७० प्रतिशतले घाटा व्यहोरका छन् । 

आज मञ्जुश्री फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड १ लाख ७७ हजार ७ सय ७४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो आइतबार बजार १४.८३ अंकले घट्दा ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४ सय ७।६६ रुपियाँ, सोमबार १६.२९ अंकले बजार बढ्दा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१.५३ रुपियाँ र हिजो मंगलबार ४७.०४ अंकले बजार बढ्दा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २०.०९ रुपियाँ   बराबरको कारोबार भएको थियो । 

 

Advertisement

Advertisement