एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो

Advertisement

काठमाडौं । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमाले सचेतक महेश बर्तौलाले समर्थन फिर्ता लिएको बताए । 

उनले भने, ‘हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौं । तर उहाँले त्यसो गर्नुभएन ।  । प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं ।’

Advertisement

नेपाली कांग्रेसको समर्थनमा केपी ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा गर्न सुझाव दिएको थियो ।

तर राजीनामा गर्न दिइएको समय सकिंदा पनि प्रधानमन्त्रीले कुनै निर्णय नलिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रमुख सचेतक बर्तौलाले बताए । उनका अनुसार, प्रधानमन्त्रीलाई भेटेरै समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता हुने तयारी छ ।

Advertisement

Advertisement