नयाँ सत्ता समीकरणबाट खुशी छैनन् शेखर कोइराला

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नयाँ सत्ता समीकरणप्रति आफ्नो बेखुशी प्रकट गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले नयाँ सत्ता समीकरणलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताए । 

कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । संविधानलाई सबैले मान्नुपर्ने उनको तर्क छ । 

Advertisement

कोइरालाले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए । 

कोइरालाले भने, ‘मैले त आठ, नौ महिला पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौथो हुन थालिसक्यो अब त । नेपाली काँग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बन्यो । उहाँहरुको बीचमा के मिलेन ? फेरि काँग्रेससँग  आयो । त्यसपछि फेरि काँग्रेसलाई छोडेर एमालेसँग मिल्नुभयो । यो अस्थिरतालाई कहिलेसम्म हामीले बोकिरहने ? भन्ने मलाई लाग्यो । म बोलि पनि रहेको थिएँ । त्यसकारण हामीले संविधानमा मिनिमम केके सुधार गर्नसक्छौँ ? किनभने संविधानको डकुमेण्ट ठूलो छ । त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला ।’ 

उनले थपे, ‘ती धेरैकुरामा छेडखानी गर्नथाल्यौँ भने संविधान सुधार हुँदैन । कम्तिमा पनि निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जानसक्यौँ भने केही न केही जनताले चाहेको कुरा हुन्छ की । जहाँ जाँदा पनि म एउटै कुरा सुन्छु की समानुपातिक हटाइदिनुस्, अरु पनि थियो । मुख्य त्यही थियो । समानुपातिक हटाउँदा संविधानको मर्मलाई मर्न दिनु भएन । समावेशी समानुपातिकताको मर्म जुन छ, त्यसलाई मर्न दिनु हुँदैन । त्यसैले मैले महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ गरौँ । महिलाको बीचमा प्रतिष्पर्धा गरौँ । दलितको बीचमा प्रतिष्पर्धा गरौँ । यो कुरालाई अघि बढाउँ भन्ने लाग्यो र धेरै पहिलादेखि नै बोलेको थिएँ । सबै साथीहरुसँग कुरा गर्दा अन्तत्वगत्वा आएको छ, तर अहिले नै खुशी हुनसक्ने अवस्था छैन । किनभने अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन । राजीनामा न्दिएपछि संविधानतः के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ । किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ । टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस् । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो ।’

Advertisement

Advertisement