आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, यी ठाउँमा हुनेछ भारीदेखि धेरै भारी वर्षा
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेकाले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ ।

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ ।​ सबैजसो प्रदेशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना विभागको भनाइ छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा अति भारी वर्षा हुनेछ ।

त्यसैगरी राति भने साधारणदेखि पूर्णतया बदली रहनेछ । विभागले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरेको छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement