सबैको लघुवित्त र साधना लघुवित्तको एकीकृत कारोबार अर्को हप्तादेखि

Advertisement

काठमाडौं । सबैको लघुवित्त र साधना लघुवित्तले अर्को हप्ता (असार ३० गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

यी दुवै संस्था एकआपसमा मर्ज भई बनेको नयाँ ‘सम्पदा लघुवित्त वित्तीय संस्था’ का नामबाट कारोबार हुनेछ । 

Advertisement

हरमटारी गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त र बन्दीपुर तनहुँमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले मर्जरका लागि गत असार १३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए ।

 मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय बन्दीपुर तनहुँमा रहनेछ ।

डाटा माइग्रेसनका लागि असार २९ गते दुवै कम्पनीको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement