प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको संख्या भने बैंकले खुलाएको छैन । 

Advertisement

यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने पाउनेछन् । 

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । बिक्री मूल्य पनि कार्यालयमै सम्पर्क राखी बुझ्न सकिनेछ । 

३५ दिनभित्र संस्थाप कशेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement