नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डलाई आईपीओ निष्काशनमा लक्ष्मी सनराइज क्यापिटलले सघाउने

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । 

सोसम्बन्धी समझदारीपत्र (एमओयू)मा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् । 

Advertisement

ग्लोबल इक्विटी फन्ड लिमिटेड (जीईएफ)ले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) नेपालका बीमा कम्पनीहरुको स्थायी लगानी उपकरण हो । यो कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आईसीटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्र केन्द्रित लगानी उपकरण हो । 

२९ कात्तिक २०७९ मा दर्ता भएको एनआईआईएफले २०८० माघ ५ मा पहिलो लगानी गरेको थियो । यसको अधिकृत पुँजी १५० करोड रुपियाँ र जारी पुँजी १२० करोड रुपियाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको छ । 
 
लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको कम्पनी हो । लक्ष्मी क्यापिटल र सनराइज क्यापिटल मर्ज भई बनेको लक्ष्मी सनराइज क्यापिटलसँग मर्चेन्ट बैंकिङको बलियो जग छ । 

अनुमतिप्राप्त मर्चेन्ट बैंकरको रुपमा एलएस क्यापिटलले मर्चेन्ट र इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी थुप्रै सेवा प्रदान गर्छ । ३० वर्षभन्दा बढीको अनुभवी एलएस क्यापिटल विविध वित्तीय सेवा प्रदान गर्ने नेपालको नेतृत्वदायी मर्चेन्ट बैंकहरुमध्ये एक हो । 
 

Advertisement

Advertisement