उद्धार कोषमा नेपाल बैंकको रु. दुुई करोड सहयोग

Advertisement

काठमाडौँ । नेपाल बैँकले बाढी पहिरो पीडितका लागि सरकारको दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ । 

नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले उक्त रकमको चेक प्रधानमनत्री केपी ओलीलाई आइतबार हस्तान्तरण गरे । 

Advertisement

एक साताअघि भारी बर्षापछि आएको बाढी पहिरोले देशभर ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि सरकारी कोषमा सरकारी तथा गैरसरकारी क्षेत्रका संघसंस्थाले आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएका छन् । 

Advertisement

Advertisement