पानी पर्ने मौसममा सिजीको वासर ड्राइयर वासिङ मेसिन बजारमा

Advertisement

काठमाडौं । सिजी ब्राण्डले वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधि युक्त, सिजी वासर एन्ड ड्राइयर वासिङमेसिन उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन बजारमा ल्याएको हो ।  

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरि, हिट पम्प ड्राइङ टेक्नोलोजि मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ । 

Advertisement

बि ड्राइभ इन्भर्टर मोटरले १४०० आरपिएममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरु छन् ।

सिजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सिजीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।    

Advertisement

Advertisement