आजको मौसम : गण्डकी, लुम्बिनी र मधेशमा भारी तथा काेशीमा धेरै भारी वर्षा हुने

Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।

अहिले देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एकाध स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।

त्यस्तै राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागले कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र कोशी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

Advertisement

Advertisement