काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनी अम्मरबहादुर थापाको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।