बागलुङमा बाँदर नियन्त्रण गर्न ‘मंकी पार्क’

Advertisement

बागलुङ । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको बताए । 

‘यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ ।’ 

Advertisement

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । पछिल्लो समय घर छेउका जंगल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको उनले बताए । 

‘पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो ।  आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ,’ उनले भने, ‘बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ ।’

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नगरेको स्थानीयवासीको गुनासो छ । जैमिनी नगरपालिकाले यसका लागि ‘मंकी पार्क’ बनाउने योजना बनाएको छ । यद्यपि,  योजनाले भने सार्थकता पाउन सकेको छैन ।

Advertisement

Advertisement