बढ्यो शेयर बजार, साढे ५ अर्बको कारोबार, लघुवित्तमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौं । शेयर बजारमा आज फेरि सुधार आएको छ । बजार दोहोरो अंकले बढ्दा कारोबार रकम साढे ५ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.७९ अंकले बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से २१५२.१४ अंकमा उक्लिएको छ । 

Advertisement

समग्रमा बजार बढे पनि वित्त, होटल, उत्पादनमूलक र ट्रेडिङ क्रमशः ०.१५, ०.२८, ०.५४ र ०.३१ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । लघुवित्त समूह सबैभन्दा बढी ३.०६ अंकले बढेको छ । 

undefined

आज ३१६ कम्पनीका १ करोड १६ लाख ६१ ह्जार २ सय ८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५.३१ रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । गणपति लघुवित्त, आत्मनिर्भर लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रो, यूनिक नेपाल लघुवित्त र सबैको लघुवित्त क्रमशः १०, १०, ९.९१, ९.७९ र ९.१५ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.४७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार २१.२७ अंकले उचालिंदा ६ अर्ब २९ लाख ३१ ह्जार ८ सय ५४.७१ रुपियाँ र हिजो सोमबार ४.६२ अंकले घट्दा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपियाँ  बराबरको शेयर किनबेच भएको थियो । 

Advertisement

Advertisement