ज्योति विकास बैंककाे संस्थापक शेयर सर्वसाधारणलाई खुला

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयरको बिक्री खुला गरेको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवदेन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

Advertisement

यद्यपि, बैंकले बिक्रीमा ल्याएको शेयरको संख्या भने खुलाएको छैन ।

इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement