इन्डोनेसियामा पहिरो जाँदा २३ जनाको मृत्यु, ३५ बेपत्ता

Advertisement

एजेन्सी । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ३५ जना बेपत्ता भएका छन् ।

बेपत्ता भएको स्थान  गोरोन्तालो प्रान्तको बोन बोलाङ्गो रिजेन्सीमा पहिरो र अचानक बाढीका पीडितहरूको खोजी गर्न भारी मेसिनरी र हेलिकप्टर तैनाथ गरिएको छ । 

Advertisement

प्रान्तीय खोज तथा उद्धार कार्यालयको परिचालन इकाइका प्रमुख बागस आश्रमाले २३ जनाको शव फेला परेको र ३५ जना अझै बेपत्ता भएको जानकारी दिए । 

अभियानमा संलग्न उद्धारकर्ताको संख्या अघिल्लो दिन २८३ रहेकामा मंगलबार बढेर ४७३ पुगेको छ । 

संयुक्त उद्धार टोलीमा स्थानीय खोज तथा उद्धार कार्यालयका कर्मचारीहरू, सैनिकहरू, प्रहरी अधिकारीहरू, स्थानीय विपद् व्यवस्थापन निकायहरू र अन्य संस्थाहरू समावेश छन् । 

रिजेन्सीमा प्रकोप व्यवस्थापन र न्युनीकरण एजेन्सीको परिचालन इकाईका प्रमुख अक्रिल बेब्योन्गोले ७१ जनाको उद्धार गरिएको बताए । यस क्षेत्रमा परम्परागत सुन खानी सञ्चालनमा ५ हजारभन्दा बढी कामदारले काम गर्दै आएका थिए । 

भारी वर्षाका कारण आएको पहिरो र अचानक बाढीले शनिवार मध्यरातमा बोन बोलाङ्गो रिजेन्सीका खानी क्षेत्रहरूमा क्षति पुर्याएको थियो ।

Advertisement

Advertisement