तत्काललाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्ने धितोपत्र बोर्डको निर्णय

Advertisement

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया तत्कालका लागि रोकिने भएको छ ।

धितोपत्र बोर्डले अर्को सूचना नआउँदासम्मका लागि आईपीओ स्थगन गरेको हो ।

Advertisement

बुक बिल्डिङबाट जारी भएको आईपीओ दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि बिहीबार आवेदन खुल्ने तयारी थियो । तर, तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कैफियत देखिएपछि बोर्डमा आईपीओबारे छलफल चलेको थियो ।

बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएपछि मात्र आईपीओ जारीबारे निर्णय हुनेछ ।

सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपियाँ ८० पैसामा जारी हुन लागेको आईपीओको मूल्यमा चलखेल भएको चौतर्फी चर्चापछि मंगलबार मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिललाई आईपीओ जारी गर्न दिने निर्णयबारे नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ ।
 

Advertisement

Advertisement